भदौ १३ काठमाडौं । सडकमा सवारी चाप कम भए पनि निरन्तर खटिरहेका ट्राफिक प्रहरी पनि कोरोनाको जोखिमबाट अछुतो छैनन् ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीलाई एकै पटक कोरोना संक्रमण पुष्टी भएको छ ।
हिजो १७ जनामा संक्रमण देखिएको हो भने त्यस अघि दुई जना संक्रमित भएका थिए ।
शुरुमा देखिएका दुई जनाको कन्ट्रयाकमा रहेका ३३ जनाको परीक्षण गर्दा ती १७ जनामा देखा परेको बताईएको छ ।
संक्रमित ट्राफिकलाई प्रहरी अस्पताल महराजगञ्जको आइसोलेशनमा भर्ना गरिएको छ ।
त्यस्तै, महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जमा १४ जना ट्राफिकलाई कोरोना संक्रमण देखिएको छ । महाराजगञ्जका संक्रमित मध्ये दुईजना कोरोना जितेर नियमित ड्युटीमा फर्किसकेका छन् ।
काठमाडौं उपत्यकामा हालसम्म ११० जना ट्राफिक प्रहरी कोरोना संक्रमित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline