पाटन अस्पतालमा दुई महिला संक्रमितको मृत्यु

पाटन अस्पतालमा दुई महिला संक्रमितको मृत्यु

  • शनिबार, भदौ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES
corona

भदौ १३ ललितपुर । ललितपुर स्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिला रहेकी छन् । उनीहरुको आईसियुमा राखेर उपचार भईरहेको थियो ।

काठमाडौंकी महिलाको गएराति नै मृत्यु भएको थियो भने भक्तपुरकी महिलाको आज बिहान मृत्यु भएको थियो ।

उच्च रक्तचापको समस्या रहेकी काठमाडौंकी महिला गत साउन ३० गते अस्पताल भर्ना भएकी थिइन् ।
भक्तपुरकी महिला भने भदौ ८ गते भर्ना भएकी थिईन् र उनमा अन्य कुनै दीर्घरोग देखिएको थिएन ।
नेपालमा कोरोनाबाट २ सय हाराहारीमा मृत्यु संख्या पुगेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ