पाल्पा , १२ भदौ ।
पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचाररत ३० वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार निधन भएको छ ।
तानसेन नगरपालिका–८ मदनपोखरा पिपलडाँडाकी उनको गत भदौ ७ गते कोरोना पोजिटिभ देखिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ती महिलामा लामो समयदेखि मुटु रोगको समस्या रहेको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि कलेजमा उपचार गर्न आएको र मुटुको उपचारका क्रममा शंका लागेर स्वाब लिएर पठाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
उनलाइ भेन्टिलेटरमा राखेर उपचार गरिएको पन्थीले जनाए ।
मृतक महिलाको शव व्यवस्थापनका लागि जिल्ला संकट व्यवस्थापन समिति, स्वास्थ्य कार्यालय, नेपाली सेनालाई खबर गरेको कलेजले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline