पाकिस्तानका चार फुटबलरको सडक दुर्घटनामा मृत्यु

पाकिस्तानका चार फुटबलरको सडक दुर्घटनामा मृत्यु

  • शुक्रबार, भदौ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

एजेन्सी ।
पाकिस्तानका चार स्थानीय खेलाडीको सडक दुर्घटनामा निधन भएको छ।
फुटबल प्रतियोगिताका लागि भाग लिन जाने क्रममा कार दुर्घटनामा परि पाकिस्तानका अब्दुल माजिद, मोहमद आमिर, नूर मोहमद र अब्दुल मलिकको मृत्यु भएको हो ।

क्वेटा-कराँची राष्ट्रिय राजमार्ग अन्तर्गत मास्टुङ जिल्लामा मंगलबार दुर्घटना भएको हो। दुर्घटनामा मोहमद वासिम भने गम्भीर घाइते भएका छन्। उनको नवाब घोउस बशख रासानी मोमोरियल अस्पतालमा उपाचार भइरहेको छ।

दुर्घटनामा फुटबल खेलाडीको ज्यान गएपछि एसियन फुटबल महासंघ ९एएफसी० का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खालिफाले श्रद्धान्जली व्यक्त गरेका छन्।

घटनापछि पाकिस्तान फुटबल महासंघमार्फत पत्र पठाउँँदै अध्यक्ष सलमानले समग्र एसियन फुटबल समुदाय निधन तथा घाइते भएका फुटबलरको परिवारको साथमा रहेको बताएका छन्।

उनीहरु पाकिस्तानको कलात जिल्ला फुटबल एसोसिएनको खेलाडी भएको र मास्टुङमा फुटबल प्रतियोगिता खेल्न गइरहेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ