चितवनमा उपचाररत कोरोना संक्रमित एक महिला र पुरुषको मृत्यु

चितवनमा उपचाररत कोरोना संक्रमित एक महिला र पुरुषको मृत्यु

  • शुक्रबार, भदौ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

भरतपुर , १२ भदौ ।
चितवनमा उपचाररत दुइ कोराना संक्रमितको ज्यान गएको छ ।
चितवन मेडिकल कलेज (सिएमसी)मा उपचाररत ७१ वर्षिय महिला र पुष्पाञ्जली हस्पिटलमा उपचाररत ५१ वर्षीय कोरोना संक्रमित पुरुषको ज्यान गएको हो ।

पुष्पाञ्जली हस्पिटलमा उपचाररत भरतपुर–२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएको उनमा गत ८ गते कोरोन संक्रमण पुष्टी भएको थियो ।
अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सन्दिप पाण्डेले संक्रमित ती व्यक्तिको आज ९शुक्रबार० विहान १० बजे निधन भएको बताउनुभएको हो । ।

यसैगरी सिएमसीमा उपचाररत हेटौडा–१९ मकवानपुरकी ७१ वर्षी कोरोना संक्रमित महिलाको शुक्रबार विहान मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालले श्वासप्रश्वासको समस्य भई जटिल अवस्थामा इरजेन्सी विभागमा उपचारका लागि ७ गते विहान आएको बताउनुभयो । मृतक महिला दम र निमोनियाको समेत बिरामी थिइन् ।

चितवनमा हालसम्म ८ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ