विराटनगर, १२ भदौ ।
कोशि अस्पताल विराटनगरमा उपचाररत लहानकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको हो ।
उनलाई बिहीबार बेलुकी मात्र कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार ती महिलामा फोक्सोसम्बन्धी समस्यासमेत थियो ।
चिकित्सकको निगरानी र हेरचाहमा रहेकै बेला बिहान अचानक श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको र भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा उनको मृत्यु भएको केन्द्र स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline