कृष्णपुर नगरपालिकास्थित मछेली नदीको बाढीमा फसेका महिलाको उद्धार

कृष्णपुर नगरपालिकास्थित मछेली नदीको बाढीमा फसेका महिलाको उद्धार

  • बिहिबार, भदौ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

कञ्चनपुर, ११ भदौ । कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मछेली नदीमा आएको बाढीमा फसेका एक महिलालाई उद्धार गरिएको छ ।

कृष्णपुर नगरपालिका —२ गुलरीयाका ५० वर्षीया मनुदेवी सार्कीलाई उद्धार गरिएको हो । गएराति परेको अविरल वर्षाका कारण सो नदीमा आएको बाढीमा फसेका सार्कीको विपद् व्यवस्थापन टोली कञ्चनपुर तथा इलाका प्रहरी कार्यालय झलारी र गुलरीयाको संयुक्त पहलमा ती महिलालाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ध्रमेन्द्र रावलले बताउनुभयो ।

बुधबार बेलुका ६ बजे नदीमा थुनिएकी ती महिलालाई सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो । वैलकुण्डी शिविरका ती महिला घाँस काट्न गएका वेला मछेली नदीको भंगालोमा फसेकी थिइन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ