हृदयघात उपचारका निम्ती भारत पुगेका कुमालकी श्रीमती खोलामा मृत फेला

हृदयघात उपचारका निम्ती भारत पुगेका कुमालकी श्रीमती खोलामा मृत फेला

  • बिहिबार, भदौ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

गुल्मि , ११ भदौ ।
चन्द्रकोट गाउँपालिका–८, तुराङ्ग बाघखोलास्थित बडिगाड खोलाको बगरमा विष्णुमाया कुमाल मृत अवस्थामा फेला परेकी छन् । मुसिकोट नगरपालिका–४ बडागाउँ दोभान घर भएकी विष्णुमाया कुमालको पति रेशम कुमाल दुई महिनादेखि भारतको गुजरातस्थित एउटा अस्पतालमा हृदयघातको उपचार गराइरहेका छन् ।

मृत अवस्थामा फेला परेकी विष्णुमाया कुमालको शव पोष्टमार्टमका लागि सदरमुकाम तम्घास ल्याईएको प्रहरीले जनाएको छ । पोस्टमार्टमपछि मात्र मृत्युको कारण खुल्न सक्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी केदारराज पन्थले पोस्टमार्टम रिपोर्ट आएपछि मात्र हत्या वा आत्महत्या भन्नेबारे प्रष्ट हुने बताए ।

दोभानस्थित मृतकका छिमेकी टिका गुरुङका अनुसार बुधबार विष्णुमाया कुमाल दिनैभर छिमेकी भिमबहादुर कुमालको घरमा बसेकी थिइन् ।

मृतक विष्णुमाया १५ वर्षीय एक छोराका साथ बस्दै आएकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ