काठमाडौँ , ११ भदौ ।
महानगरीय प्रहरी वृत्त, महाराजगन्ज वृत्तमा कार्यरत डिएसपी सहित २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार आएको रिपोर्टअनुसार महाराजगन्जका डिएसपीसहित २२ जनामा कोरोना संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
‘हिजोसम्म आएको रिपोर्टअनुसार २३ जना संक्रमित हुन्। एक जना निको भइसकेका छन्,’ एसपी राठौरले भने।
लक्षण देखिएका लाइ मात्र अस्पतालमा लगिएको रअरू संक्रमित होम आइसोलेसनमै रहेको एसपी राठौरले बताए ।
महारागन्ज वृत्तमा मनमैजुमा भएको हत्याको आरोपमा पक्राउ परेका एक व्यक्तिबाट संक्रमण फेलिएको थियो।
गत साउन ३१ गते प्रहरीले मनमैजु हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको थियो।
त्यसका मुख्य आरोपीमा संक्रमण देखिँदा उनीबाट सुरूमा ९ जना प्रहरीमा कोरोना देखिएको थियो। अहिले संक्रमितको संख्या २३ पुगेको हो। जसमध्ये एक जना निको भइसकेका छन्।