रौतहट, ११ भदाै । रौतहटको इप्रका गरुडामा थुनामा रहेका एक दलित युवकलाई चरम यातनाका कारण एक दलित युवकको मृत्यू भएको भन्दै दलित समुदायहरुले प्रहरी कार्यालय घेराउ गरेका छन् ।
जिल्लाका दलित र अन्य समुदायका स्थानीयले प्रहरी चौकी नै घेराउ गरि आन्दोलनमा उत्रिएका छन।प्रहरीले सुरक्षाको लागि भन्दै विभिन्न ठाउबाट थप टोलि मगाएको छ। निरन्जन राम (चमार) हत्या प्रकरणमा पक्राउ गरिएका ७ जना मध्ये विजय राम (चमार) लाई प्रहरीले नै यातना दिएर अस्वस्थ पारेपछि अस्पतालमै उपचारको क्रममा मृत्यू भएको भन्दै दलित समुदाय आन्दोलनमा उत्रेका हुन ।
उनीहरु रामको मृत्यूको केही बेरपछि खवर पाएलगत्तै रौतहटको गौर स्थित रहेको ईलाका प्रहरी कार्यालय गरुडालाई घेराउ गरेको छ । गएराती करिब १ बजेतर्फ नै उपचारको क्रममा विजय रामको मृत्यू भएको हो ।
उनको शरीरको विभिन्न ठाउँमा घाउ चोटको निशाना देखिएको छ। गत भदौ ३१ गते भएको निरन्ज हत्या प्रकरणमा राम सहित अन्य ६ जना पक्राउ गरिएको थियो । तर, रामलाई हत्या गरिएको भनेर बयान दिन टर्चर गरेपछि उनको स्वास्थ्य अवस्था कमजोर भएको थियो । उनलाई कुटपिट र धेरै टचर गरिएपछि उनको किडनीका समस्या आइ मृत्यु भएको दलित समुदायको आरोप छ।डिएस पि ज्ञान कुमार महतोले मृत्क पहिला देखि नै किडनि पेसेन्ट रहेको बताएका छन।