पर्साका दुई पुरुष र पोखराकी एक महिला गरि थप तिन कोरोना संक्रमितको मृत्यु

पर्साका दुई पुरुष र पोखराकी एक महिला गरि थप तिन कोरोना संक्रमितको मृत्यु

  • बिहिबार, भदौ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

११ भदौ ।
विरगन्जको कोरोना अस्पतालमा उपचाररत दुइ पुरुष तथा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचाररत ३२ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।

पोखराकी महिला पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचार गराइरहेकी थिइन् ।पोखरा महानगरपालिका–११ की उनी भदौ ७ मा प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । उनमा कुनै पनि किसिमको दीर्घ रोग नभएको अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले बताए ।
यसअघि उनी ज्वरो आउने र श्वास फेर्न गाह्रो भए पछि गत शनिबार उनी पोखराकै कास्की सेवा अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् ।

त्यसैगरी वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा बिहीबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीका ६२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनी साउन ३० गते कोरोना संक्रमण पुष्टि भएपछि त्यहि दिन वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका थिए। मृगौला रोगी ती पुरुषमा निमोनियाको पनि समस्या रहेको र उपचारका क्रममा उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसीयाले जानकारी दिए।

यसअघि बुधबार राति नारायणी अस्पतालको आइशोलेसन वार्डमा उपचाररत पर्साको धोबनी गाउँपालिका-३ गुलरीया गाँउका ७२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो।
ज्वरो आउनुका साथै स्वासप्रस्वासमा समेत समस्या देखिएपछि उनलाई भदौ ८ गते नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो।त्यहि दिन उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ