प्लाज्मा थेरापीबाट उपचाररत् बुटवलमा ७० वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु

प्लाज्मा थेरापीबाट उपचाररत् बुटवलमा ७० वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु

  • बिहिबार, भदौ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

बुटवल, ११ भदौ ।
बुटवलमा कोरोना भाइरसका कारण थप एक महिलाको ज्यान गएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत् रुपन्देहीको तिलोत्तमा जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको हो।

आज मृत्यु भएको महिलामा थाइरोडिजम र उच्च रक्तचापको बिरामी रहेको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिनुभयो ।

साउन २६ गते संक्रमण पुष्टि भएकी उनलाई होम आइसोलेसनमा बसिरहेकोमा स्वास्थ्यमा समस्या आएपछि साउन ३१ गते अस्पताल भर्ना गरिएको थियो।

डाक्टर थापाका अनुसार ती महिलालाई नै बुटवलमा प्लाज्मा थेरापीबाट पहिलो पटक उपचार सुरू गरिएको थियो। उनको गम्भीर अवस्थामा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।

आज एक महिलाको मृत्यु भएसगैं कोरोना अस्पताल बुटवलमा कुल ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ