भदौ ११ रौतहट । भारतबाट नेपाल प्रवेश गरिरहेको अबस्था रौतहटमा एक हुन्डी कारोबारि पक्राउ परेका छन् । राजपुर नपा ९ बैरियाका २० बर्षिय दिलिप साहलाई २८ लाख ५० हजार नेपाली नोट सहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
इशनाथ नगरपालिका ९ लवतनामा भारततर्फबाट आउँदै गरेको बीआर३०एन९५८० नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा नियन्त्रणमा रहेको साहले बोकेको झोला बाट सो रकम बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ । विहिवार विहान करिब आठ बजेको समयमा साह पक्राउ परेको शस्त्र प्रहरी उपरिक्षक सुर्य बहादुर सेन ओलिले बताएका छन ।
घटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको ओलिको भनाइ छ ।लकडाउनको समय सिमानाका शिल गरिएको भएता पनि रौतहटमा चोरी तस्करीको घटना बढेको स्थानीयहरुको गुनासो छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline