कारागारमै कोरोना संक्रमण बढेकोमा मानव अधिकार आयोगद्वारा ध्यानाकर्षण

कारागारमै कोरोना संक्रमण बढेकोमा मानव अधिकार आयोगद्वारा ध्यानाकर्षण

कैदी–बन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउन सरकारप्रति आयोगको आग्रह

  • बुधबार, भदौ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौँ , १० भदौ ।
मुलुकका कारागारमा कोभिड–१९ को संक्रमण फैलिँदै गएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ ।

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै काठमाडौंको केन्द्रीय कारागार तथा बाँके, सुनसरी, सिराहा, पर्सालगायतका कारागारहरुमा रहेका कैदी–बन्दी तथा कारागारको सुरक्षार्थमा खटिएका सुरक्षाकर्मी एवम् कर्मचारीहरुमा समेत कोभिड–१९ को संक्रमण बढ्दै जाँदा उत्पन्न त्रासको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगले त्यस सम्बन्धमा बुधबार कारागार व्यवस्थापन विभागसँग पनि जानकारी लिएको छ । देशका ७१ वटा कारागारहरुमा हाल २१ हजारभन्दा बढी कैदी–बन्दी रहेका छन् ।
‘कोभिड–१९ को संक्रमण बढेसँगै कारागारहरुमा अत्यधिक संख्यामा रहेका कैदी–बन्दीहरुले असुरक्षित महसुस गरी स्वास्थ्य सुरक्षा र जीवन रक्षाको लागि आयोगसमक्ष अनुरोध गरेका छन् ।

कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुमा समेत त्रास सिर्जना भएको पाइएको छ ।
बिरामी भएका कैदी–बन्दीलाई उपचार गर्न लैजाादा तथा कारागारभित्र नयाँ कैदी–बन्दी भित्रिँदासमेत कोरोनाको जोखिम उच्च रहने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

आयोगले क्षमताभन्दा अधिक संख्यामा कैदी–बन्दी रहेका कारागारहरुमा कोभिड–१९ को संक्रमणप्रति संवेदनशील भई कैदी–बन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउन पनि सरकारलाई आग्रह गरेको छ । ‘नयाँ कैदी–बन्दीको पीसीआर परीक्षण गरिए पनि पछि पनि संक्रमण हुन सक्ने संभावना रहेकोले कारागारमा पठाइने नयाँ कैदी–बन्दीलाई निश्चित अवधिका लागि अन्य कैदी–बन्दीहरुबाट छुट्टै राख्ने व्यवस्था गरी कारागारभित्र रहेका कैदी–बन्दीहरुको स्वास्थ्यसम्बन्धी हक र बाँच्न पाउने अधिकार संरक्षण गर्न, गराउन पनि आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

देशका अधिकांश कारागारहरुमा क्षमताभन्दा बढी संख्यामा विगत लामो समयदेखि कैदी–बन्दीहरु रहेको आयोगको अनुगमनहरुबाट पाइएको पनि आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ