मेसीको निर्णय: बार्सिलोना छाड्ने , सामाजिक सन्जालमा व्यापक भाइरल

मेसीको निर्णय: बार्सिलोना छाड्ने , सामाजिक सन्जालमा व्यापक भाइरल

  • बुधबार, भदौ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

एजेन्सी ।
अर्जेन्टिनी ३३ वर्षीय खेलाडी लियोनल मेसीले मंगलबार आफु आवद्ध क्लब बार्सिलोना छाड्ने औचापरिक निर्णय लिँदै ‘ट्रान्सफर’ का लागि अनुरोध गरेका छन् । विश्व चर्चित खेलाडी मेसीले बार्सीलोना क्लबलाई फ्याक्स गर्दै आफूले क्लब छाड्ने सर्त अभ्यास गर्न चाहेको बताए ।

उनको अनुबन्धमा आफूले चाहेमा तत्काल लागू हुने गरेर बिनामूल्य क्लब छाड्न पाइने उल्लेख छ ।
युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना बायर्न म्युनिकसँग ८–२ ले पराजित भएपछि उनी क्लब छाड्ने मनसायमा पुगेका थिए ।

६ पल्टका बलोन डे’अर विजेता खेलाडी र बार्सिलोना व्यवस्थापनबीच लामो समयदेखि राम्रो सम्बन्ध छैन् । बार्सिलोना भने अनुबन्धअनुसार मेसीले बिनामूल्य क्लब तत्काल छाड्न सक्ने सर्त समाप्त भइसकेको मान्छ ।

बार्सिलोना सन् २०२१ सम्म कायम अनुबन्ध अनुसार मेसीलाई अन्य क्लबले किन्न ७० करोड युरो तिर्नु पर्ने सर्त रहेको मान्छ । मेसीको निर्णय बाहिर आएपछि बार्सिलोना बोर्डको बैठक चाँडै बस्दैछ ।

उनको क्लब छाड्ने निर्णय अहिले सामाजिक सन्जाल फेसबुक लगायत अन्यमामा ब्यापक भाइरल भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ