कैलालीको गोदावरीका कोरोना संक्रमित ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु

कैलालीको गोदावरीका कोरोना संक्रमित ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु

  • बुधबार, भदौ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

१० भदौ, धनगढी । कैलालीको गोदावरी नगरपालिका– ११ ओलानीका ४५ वर्षीय पुरुषको कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साँझ मात्रै कोरोना संक्रमण पुष्टि भएका उनको आज बुधवार बिहानै उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको धनगढीको निसर्ग हस्पिटलको आइसीयूमा उपचार भइरहेको थियो । मंगलबार साँझ कोरोना पुष्टि भएपछि उनलाई निसर्ग हस्पिटलको आइसीयूबाट सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

उपचारका क्रममा बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बिरबहादुर कुँवरले पुष्टि गरेका हुन्। मृतक पुरुषको यसअघि ३ पटक कोरोना परीक्षण भइसकेको उनले बताए । सुरुमा साउन १९ गते नगरपालिकाले कोरोना परीक्षणका लागि स्बाव संकलन गरेको गरेपनि रिपोर्ट ढिलो आउँदा धनगढीकै सेती प्रादेशिक अस्पतालमा परीक्षण गरिएको थियो ।

सुरुमा सेती प्रादेशिक अस्पतालवाट स्वाब संकलन गरी परीक्षण गर्दा नेगेटिभ आएको र पछि नगरपालिकाले संकलन गरेको स्वाबको परिक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । फेरी मंगलबार परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । मृतक पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ