दर्शकसहितको रंगशालामा सुपर कपको फाइनल

दर्शकसहितको रंगशालामा सुपर कपको फाइनल

  • मङ्लबार, भदौ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

एजेन्सी ।
यूईएफए सुपर कपको फाइनल खेल दर्शकसहितको रंगशालामा हुने भएको छ । कोरोना महामारीका कारण बन्देज लागेको खेलकुद क्रियाकलाप केही समय अघि दर्शक बिहीन रंगशालाबाट सुचारु गरिएको थियो ।
यसैक्रममा यूईएफए सुपर कपको फाइनल खेल भने ३० प्रतिशत दर्शकसहितको रंगशालामा खेलाउने भएको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सुपर कपको फाइनलमा ३० प्रतिशत दर्शकलाई रंगशाला प्रवेश गर्न दिने निर्णय गरेको छ ।

जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभियाबीचको सुपर कप हंगेरीको राजधानी बुडापेस्टमा सेप्टेम्बर २४ मा हुनेछ ।

सुपर कपमा च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताले प्रतिस्पर्धा गर्ने छन् ।

यस सिजन बायर्नले च्याम्पियन्स लिग र सेभियाले युरोपा लिग जितेको थियो ।

यस्तै युएईएफएले अन्य खेलहरु भने बन्द रंगशालामै खेलाउने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ