बर्दीको आडमा हबल्दारले नै असुली मच्चाएको स्थानीयको गुनासो

बर्दीको आडमा हबल्दारले नै असुली मच्चाएको स्थानीयको गुनासो

  • सोमवार, भदौ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

वीरगंज ८ भाद्र । प्रहरी चौकी बहुअर्वा भाठा, पर्साका हवलदार सुबोध यादव बर्दीको आडमा कमाउधन्दा चलाएको स्थानीयले गुनासो गरेका छन् । पर्साको विन्दावासिनी गाउँपालिकामा पर्ने सो चौकीका हवदार यादव गुन्डाशैलीमा असुली गर्ने गरेको गुनासो बढेको छ ।
विश्व महामारीको रुप लिएको कोरोना भाइरसले नेपाल पनि अछुतो नरही सबैभन्दा बढि प्रभावित पर्सा जिल्ला भएपनि लकडाउनको मौका छोपी हलदार यादव बहुअर्वा भाठा चौक, बिश्रामपुर र गर्दौल लगायतका स्थानीय पसले व्यवसायीसंग पैसा असुली गर्न पछि नगरेको गुनासो बढेको छ ।
लकडाउनको बेला बहुअर्वा, गर्दौल र बिश्रामपुर गाउँका स्थानीयमाथि अपराधी जस्तो अन्धाधुन लठ्ठी प्रहार गरी आफूप्रति जनतामा भय, डर र त्रास देखाएर हलदार यादव अहिले खुद्रा पसले अथवा सानो व्यवसायीहरुसंग पैसा असुली गरी व्यवसाय संचालन गर्न दिईरहेको स्थानीयले दुखेसो पोखेका छन् ।

बहुअर्वा भाठ्ठा चौकीको प्रमुख प्रहरी सहायक निरिक्षक भएपनि हवल्दार यादव हर्ताकर्ता जस्ता छन् । यस विषयमा प्रहरी चौकीका प्रमुखसंग गुनासो गर्ने सर्वसाधारणलाई हवलदार यादवले कुटपिट गर्ने र धमकाउने समेत गरेका छन् । मेरो बिषयमा बढी बोले फसाइ सम्मको चेतावनी यादवले दिने गरेका छन् ।

कुनै कुनै व्यवसायीले पैसा दिन नमान्दा लकडाउनको बाहानामा कुटपिट गरि सरसमानलाई समेत फाल्ने गरेको स्थानीयले बताएका छन् ।

पर्सामा पहिलो पटक महिला प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक गंगा पन्त पर्सामा आएको बेला भय, डर र त्रासरहित आम नागरिकलाई बातावरण सृजना भएपनि हलदार यादवको दादागिरीले सानो व्यवसायी तथा सर्वसाधारण पिडित भएको नाम उल्लेख नगर्ने शर्तमा साना व्यापारीहरु बताउछन् ।

स्रोतले बताए अनुसार माथिसम्म पहुँच भएको तस्कर गिरोहले पनि हवलदार यादवलाई सघाउने गरेकोले उनको सरुवा भएपनि अहिले उनलाई रोकिएर राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ