बस्तीमाथि रहेको ठुलो ढुङ्गाका कारण ३५ घर जोखिममा

बस्तीमाथि रहेको ठुलो ढुङ्गाका कारण ३५ घर जोखिममा

  • सोमवार, भदौ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

त्रिशूली , ८ भदौ ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीको नेगीगाउँमा बस्तीमाथिको ठूलो ढुङ्गाले त्यहाँ अवस्थित ३५ परिवार जोखिममा परेको छन् ।
गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार पाँच वर्षअघि गएको भूकम्पको समयमा डगमगाएको ढुङ्गा अहिलेको बर्सात्ले बग्न थालेपछि नेगीगाउँ जोखिममा परेको हो ।

बस्तीभन्दा माथि पर्ने डाँडामा रहेको दुईतले घरभन्दा ठूलो ढुङ्गाले आफ्नो सतह छाडेर बग्न थालेपछि गाउँपालिकास्तरीय विपद् व्यावस्थापन समितिले ढुङ्गा हटाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको छ ।
‘ढुङ्गाको आकार निकै ठूलो भएकाले विस्फोट गराई हटाउनुपर्ने र त्यसका लागि नेपाली सेनामार्फत तत्कालै हटाउन आवश्यक रहेको’ भनी जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार गरिएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

भूकम्पको कम्पनले माथिबाट ढुङ्गा र सुक्खा पहिरो जान सक्ने भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राविधिक अध्ययन टोलीले तयार गरेको प्रतिवेदनमा समेत नेगीगाउँलाई जोखिम बस्तीका रूपमा समावेश गरेको थियो ।

पाचँ वष अघि आएको भूकम्पले पुरै नेगी गाउँ जोखिममा परेको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदी गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ