एजेन्सी ।
युरोपियन च्याम्पियन्स् लिगको उपाधि जर्मन क्लब वार्यन म्युनिखले आफ्नो पोल्टामा पारेको छ । आइतबार राति भएको खेलमा वार्यनले पीएसजिलाइ एक गोलले हराउदै च्याम्पियन्स् लिगको छैटौँ पटक विजेता बनेको छ ।
आइतबार राती भएको खेल पहिलो हाफ सम्म ०-० को नतिजामा टुगिंएको थियो ।
तर दोश्रो हाफको ५९ औँ मिनेटमा बायर्नका किङ्सले कोमानले निर्णायक गोल गरे ।
आजको जित सगै वार्यनले छैटौँ पटक लिगको उपाधी जितेको छ । यस अघि बायर्नले १९७४, १९७५, १९७६,२००१ र २००१३ मा उपाधि जितेको थियो ।
पीएसजी पहिलो पटक फाइनलमा पुगेको थियो तर पीएसजि ट्रफि चुम्नबाट चुकेको छ ।
लिगको उपाधी होडको लागी सेमिफाइनलमा बायर्नले स्पेनिस महारथी बार्सिलोना तथा पीएसजिले लाइपजिगलाई हराएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline