९ वटा बाईकमा ल्याईदै गरेको ४० बोरा भारतीय मल शसस्त्रद्धारा नियन्त्रणमा

९ वटा बाईकमा ल्याईदै गरेको ४० बोरा भारतीय मल शसस्त्रद्धारा नियन्त्रणमा

  • आइतवार, भदौ ७, २०७७
  • दिपक चौरसिया

  • 12.3K
    SHARES

बारा,७ भाद्र । बाराको सिम्रौनगढ गाउँपालिकाको भन्सार छली तस्करी गरी ल्याउँदै गरेको रहेको अवस्थमा प्रहरिले ९ वटा मोटरसाइकलमा ४० बोरा रासायनिक मल बरामद गरेको छ । तस्करको माध्यमबाट नेपाल भित्रयाइएको रासायनिक मल बारा स्थानिय प्रशासनले बरामद गरेको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्राद पण्डित सहितको अनुगमन टोलीले ४० बोरा रासायणिक मल बरामद गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

बिहान बाराको सिम्रौनगढ गाउँपालिकाको अन्तर्गतका ४ वटा सिमा नाका अनुगमनका क्रममा ९ वटा मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको ४० बोरा रासायनिक मल बरामद गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

बरामद मल वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो । निषेधाज्ञाको समयमा पनि खुल्ला सीमानाको फाइदा उठाउँदै तस्करी जारी रहेको र मानिसहरु पनि ओहोर दोहोर गरिरहेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली अनुगमनमा निकलेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ