भरतपुर ७ भदौ । नेपालमा निरन्तर कोरोना संक्रमणबाट हुने मृत्यु संख्या बढीरहेको छ । यसै क्रममा चितवनमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा
हेटौँडा ३ निवासी ६५ वर्षीय महिलाको उपचारका क्रममा साँझ साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसै गरी अस्पतालमा आइसियुमा उपचारका क्रममा ४ गते राती मृत्यु भएका हेटौंडा ४ का ५६ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । उनको पिसिआर रिपोर्ट आज आए पछि पोजेटिभ पाईएको थियो ।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ४८ पुगेको छ ।
नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।
हालसम्म निको हुनेको संख्या १८ हजार ३५० छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline