इन्टर मिलानले आत्माघाती गोल गर्दा युरोपा लिगको उपाधी सेभियालाइ , सोभिया छैटौँ पटक लिग बिजेता

इन्टर मिलानले आत्माघाती गोल गर्दा युरोपा लिगको उपाधी सेभियालाइ , सोभिया छैटौँ पटक लिग बिजेता

  • शनिबार, भदौ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

एजेन्सी ।
युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ। गएराती भएको खेलमा स्पेनिस क्लब सेभियाले इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोलले पराजित गर्दै युरोपा लिगको उपाधी जितेको हो ।

खेलको पहिलो हाफ २-२ गोलको बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफमा इन्टरका रोमेलु लुकाकुले आत्मघाती गोल गरेपछि सेभियाले अग्रता पाएको थियो ।

त्यसअघि लुकाकुकै गोलमा इन्टरले पहिले अग्रता लिएको थियो। खेलको पाँचौ मिनेटमा सेभियाका डिफेन्डर कार्लोसले फल गरेपछि पाएको पेनाल्टीमा लुकाकुले गोल गरेका थिए।

१२ मिनेटमा सेभियाका लुक डे जोङले जेसस नाभासको क्रसमा बराबरी गोल फर्काए। ३३ मिनेटमा डे जोङले व्यक्तिगत दोस्रो गोल गर्दा सेभियाले २-१ को अग्रता लियो। त्यस लगतै इन्टरका डिएगो गोडिनले ३५ मिनेटमा गोल गदै खेललाइ २-२ गोलको बराबरीमा ल्याएका थिए ।

दोश्रो हाफको ७४ मिनेटमा सेभियाका डिफेन्डर डिएगो कार्लोसको प्रहारलाई रोक्ने क्रममा लुकाकुले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि खेलको नतिजा ३-२ मा सिमीत रह्यो ।

छैटौं पटक युरोपा लिगको च्याम्पियन बन्दै सेभियाले युरोपा लिग सर्वाधिक जित्ने क्लबको इतिहास रचेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ