काठमाडौँ , ६ भदौ ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका एक पिएसओ र चालक सहित ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
माधव नेपाल निकट स्रोतले जनाए अनुसार सात जना सशस्त्र प्रहरी , एक चालक र एक पिएसओमा कोरोना संक्रमण पुष्टि भएको हो । तर, पिएसओ र चालक नेपाल प्रहरीका रहेको स्रोतले जनाएको छ ।
स्वास्थ्य विभागको टोली उनकै गृहमा पुगि बिहीबारनै सुरक्षामा खटिएका पन्ध्र जनाको स्वाब संकलन गरेको नेपालका स्वकीय सचिव मोहन गौतमले जनाए । १५ जना मध्य ९ जनामा कोरोना पोजेटिभ देखिएको हो।
संक्रमीतहरु सबैलाइ शनिबार कीर्तिपुरस्थित आइसोलेसनमा लगिएको सशस्त्र प्रहरीले जनाएको छ ।
स्वाब संकलन गरिएकामध्ये नेपाल, उनका परिवार, सहयोगी, चालक सबैको नेगेटिभ देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline