शसस्त्रको टोलीद्धारा भारत लैजादै गरिएको ८० किलो गाँजा बरामद

शसस्त्रको टोलीद्धारा भारत लैजादै गरिएको ८० किलो गाँजा बरामद

  • शनिबार, भदौ ६, २०७७
  • दिपक चौरसिया

  • 14.7K
    SHARES

बारा, ६ भाद्र । बाराको पचरौता नगरपालिका वडा नम्बर ९ लङ्गडा चौक नजिकैबाट सशस्त्र प्रहरी बल नेपालले भारी मात्रामा लागू औषध गाजा बरामद गरेको छ । टाउकोमा बोकि भारततर्फ गइरहेको बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल २ नम्बर बाहिनिबाट खटिएको बिशेष टोलिले गाजा बरामद गरेको हो ।

प्रदेश नम्बर २ मा डिआइजी कृष्ण भक्त ब्रम्हचार्य आउनसाथ नेपाल र भारतको सीमा नाकाको साथ साथै भित्रि ग्रामीण भेगहरूमा समेत सशस्त्र प्रहरी बल नेपालले आफ्नो निगरानी बढाएका छन । बिशेष सूचना आउनसाथ डिआइजी ब्रम्हचार्यको आदेशमा २ नम्बर बाहिनीबाट खटी आएको टोलिले ४ वटा बोरामा रहेको करीब ८० किल्लोग्राम लागू औषध गाजा बरामद गर्न सफल भएका थिए ।

शुक्रवार राती करीब ९ बजेको समयमा टाउकोमा बोकि भारततर्फ लग्दै गरेको अवस्थामा बिशेष टोलिलाइ हेर्नसाथ तस्कर फरार भएपनी लागू औषध गाजा नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

यता बरामद भएको लागू औषध गाजा अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने तयारी गरेको सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ