बीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

बीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

  • शनिबार, भदौ ६, २०७७
  • दिपक चौरसिया

  • 19.3K
    SHARES

वीरगंज ६ भाद्र। कोरोना भाइरस संक्रमणका कारण पर्सामा थप २ जनाको मृत्यु भएको छ । पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो। वीरगन्ज महानगरपालिका-२६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको हो।

नारायणी कोभिड १९ अस्पताल बिरगंज हेल्थ केयरमा गएराती एक जनाको र आज विहान एक जना गरी थप २ जनाको मृत्यु भएको हो ।

यस्तै वीरगंज हेल्थ केयर कोभिड अस्पताल मै आज विहान ७:१० पर्साको बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

र गएराति ८ बजे बिरगंज हेल्थ केयरमा उपचारत वीरगंज महानगरपालिका वडा नं। २६ सुगौली विर्ताका ५८ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रशासन कार्यालयका अनुसार उनको बिहिबार स्वाव संकलन गरि आरटी पिसिआर परीक्षण गर्दा शुक्रबार रिपोट पोजिटिभ आएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको कोभिड अस्पतालको आइसियु र भेन्टिलेरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि अलि अर्थो ट्रमा सेन्टरबाट गम्भिर अवस्थामा वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो । उच्च रक्तचाप, मुटु र दम सम्बन्धी समस्याले ग्रस्त उनको स्वाब भदौ ३ गते संकलन गरिएको थियो । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि भदौ ४ गते बेलुका ८ः३० बजे वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो ।

ज्वरो, श्वास प्रश्वास, टाउको दुखाइ, बान्ता, दम हुने समस्याका कारण ३१ गतेदेखि उनको अलि अर्थोमा उपचार भइरहेको थियो ।

योसँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ। साउन यतामा मात्रै ३१ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकामध्ये पर्साका २७, बाराका ५ र रौतहटका २ जना हुन्। जेठ ३१ गते वीरगन्जको घण्टाघरमा बेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ