के अब नेपालको आफ्नै फलाम खानी तयार होला त ? चीनीया प्रयोगशालामा प्रमाणित

के अब नेपालको आफ्नै फलाम खानी तयार होला त ? चीनीया प्रयोगशालामा प्रमाणित

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.1K
    SHARES

भदौ ५ नवलपरासी । नवलपरासीको धौवादी फलाम खानीबाट फलाम निकाल्न सकिने देखिएको छ ।
नेपालले दृढ ईच्छाशक्ति सहित अघि बढेमा स्वदेशमा फलाम खानीले उल्लेख्य उपलव्धि दिने छ । चीनको सिचुआनस्थित इन्स्टिच्युट अफ मेटालजिकल जीओलजी एन्ड एक्स्प्लोरेसनले धौवादीबाट स्टिल र फलाम निकाल्न सकिने प्रारम्भिक रिपोर्ट पठाएको हो ।

गत वर्ष भदौमा ५ टन फलामको नमुना परीक्षणका लागि चीन पठाइएको थियो । उक्त नमुना धौवादी, राम्चे, पोखरी क्षेत्रमा संकलन गरिएको थियो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले चिनियाँ प्रयोगशालामा गरिएको परीक्षणमा ‘मेटालजिकल रिपोर्ट’ उत्साहजनक रहेको बताए ।
अब खानीमा कति फलाम छ भन्ने रिपोर्ट यसै साता आउने र अन्य प्रकृया अद्धि बढ्ने उनले बताए ।
यदी यो योजना सफल भएमा नेपालले करीब अढाई बर्ष पछि स्वदेशमै फलाम उत्पादन गर्नेछ ।

विभागका अनुसार चिनियाँ प्रयोगशालाले नेपालमा कोइला नभएकाले बिजुलीबाट फलाम पगाल्ने गरी कारखाना चलाउनुपर्ने सुझाव पनि दिएको छ ।

धौवादी देशकै सबैभन्दा ठूलो फलाम खानी हो । २ करोड टनभन्दा बढी फलाम निकाल्न सकिने अनुमान गरिएको खानीमा फलामको प्रतिशत कति छ भनेर ‘केमिकल एनलाइसिस टेस्ट’ रिपोर्ट आउन बाँकी छ ।

दैनिक ८ सयदेखि १२ सय मेट्रिक टन फलाम उत्पादन सकिने प्रारम्भिक निष्कर्ष अध्ययनले निकालेको छ । खानीमा पुग्न अहिले धमाधम सडक पनि बनिरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ