आफै ९ दिन बसेको क्वारेन्टिनलाइ तिन युवाद्वारा सहयोग

आफै ९ दिन बसेको क्वारेन्टिनलाइ तिन युवाद्वारा सहयोग

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

गण्डकी, ५ भदौ ।
विदेशबाट आएकालाई सुरक्षित राख्ने उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं २० भलाममा निर्मित क्वारेन्टिनलाई तिन युवाले सहयोग गरेका छन् । ति तीन युवा त्यही क्वारेन्टिनमा बसी बिदा भएका हुन् ।

भलाम स्थायी बसोवास भई हालै भारतबाट आएका खिमबहादुर घर्ती, दुबईबाट आएका सन्तोष नेपाली र मोहोरियाका गोपी गुरुङले र्यालेचौर बेंसीस्थित क्वारेन्टिनमा बसेर बिदा हुँदै गर्दा आर्थिक सहयोग गर्नुभएको हो ।
क्वारेन्टिन बसाइको नौ दिनपछि पिसिआर रिपोर्ट नेगेटिभ आएपछि बिदाइ हुने क्रममा क्वारेन्टिनमा घरभन्दा पनि राम्रो सेवा सुविधा दिइएको र आगामी दिनमा यसको उचित व्यवस्थापनमा अझै सहयोग पुगोस् भन्दै गुरुङले रु पाँच हजार ५५५, नेपालीले रु पाँच हजार र घर्तीले रु तीन हजार २०० सहयोग गर्नुभएको हो ।
सहयोग हस्तान्तर गर्दै उहाँहरूले आफू जस्तै व्यक्तिको सहयोगबाट क्वारेन्टिन निर्माण र व्यवस्थापन गरेका कारण त्यसबाट प्रभावित भई स्वतस्फुर्त रुपमा सहयोग गरेको बताउनुभयो ।
क्वारेन्टिनको बसाइ अवधिमा प्राप्त सेवासुविधा तथा इन्टरनेटले गर्दा आफूहरुले एक्लोपनको महसुस गर्नुनपरेको बताउँदै उहाँहरूले सबै मिलेर कोरोनाको सामना गर्नुपर्ने बताउनुभयो ।
उक्त अवसरमा पोखरा–२० का वडाध्यक्ष तथा यालेचौरबेंसी क्वारेन्टिन होम मूल व्यवस्थापन समितिका संयोजक सिम गुरुङले घर फर्किँदै गर्दा क्वारेन्टिनलाई सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दै घर फर्के पनि थप सात दिन सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्न आग्रह गर्नुभएको छ ।
क्वारेन्टिन निर्माण र व्यवस्थापनका लागि विभिन्न व्यक्तिको साथ र सहयोग रहेको तथा हालै निर्मित क्वारेन्टिन भवनमा आठ कोठामा एकै पटक २४ जना रहन सक्ने क्षमता रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्वारेन्टिनमा स्वस्थकर खाना, विदेशबाट ल्याएका सामान राख्ने छुट्टै भण्डार कोठा, छुट्टाछुट्टै शौचालय, क्वारेन्टिनमा बस्नेका लागि तातो तथा चिसो स्वस्थ पिउने पानी, बाथरुम, इन्टरनेटलगायत सुविधा छ ।
क्वारेन्टिन ब्यवस्थापनका लागि दुई सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मी र एक क्वारेन्टिन सहयोगीसमेत रहेको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ