सन्दीपले सिपिएलमा दोस्रो खेलमा दोश्रो विकेट लिए

सन्दीपले सिपिएलमा दोस्रो खेलमा दोश्रो विकेट लिए

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

एजेन्सी ।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको दुइ खेलमा दुइ विकेट लिएका छन् । उनले शुक्रबार बिहान ट्रिन्बागो नाइटराइडर्सविरुद्धको खेलमा एक विकेट लिए।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा जमैका तलावाजकामा बलरका रुपमा अनुबन्धीत भएका छन् ।

सन्दीपले ट्रिन्बागोका ओपनिङ ब्याट्सम्यान सुनील नारिनको विकेट लिएका हुन्। ५३ रन बनाएर खेलिरहेका सुनीललाई सन्दीपले कार्लोस बाथवेटको हातबाट क्याच गराए। खेलमा सुनील प्लेयर अफ दि म्याच भए।

सन्दीपले चार ‌ओभर बलिङ गर्दा ३० रन दिए। सन्दीपले ८ बल डट फ्याँक्दा २ चौका र १ छक्का दिए।
यसअघि सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा पनि एक विकेट लिएका थिए।

शुक्रबार ट्रिन्बागोविरुद्ध सन्दीपबाहेक जमैकाका फिडेल इडवार्ड र मुजिब उर रहमानले पनि १-१ विकेट लियो।

तर खेलमा जमैकाले ट्रिन्बागोलाई ७ विकेटले हरायो।

जमैकाले दिएको १३६ रनको लक्ष्य उसले ३ विकेटको क्षतिमा पूरा गर्‍यो। ट्रिन्बागोका लागि सुनील नारिनले सबैभन्दा भढी ५३ रन जोड्दा कोलिन मुनरोले नटआउट ४९ रनको योगदान दिए।

त्यसअघि पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन मात्र जोड्न सक्यो। उसका लागि ग्लेन फिलिप्सले सबैभन्दा बढी ४२ बलमा ५८ रन जोडे। यस्तै आन्द्रे रसेलले २५ रन र असिफ अलीले २२ रनको योगदान दिए।
तर खेल भने ट्रिन्बागो नाइटराइडर्सले जितेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ