उपत्यकाका तीन जिल्लामा प्रत्यक बैंकले एक एक वटा शाखा खुल्ला राख्न पाउने

उपत्यकाका तीन जिल्लामा प्रत्यक बैंकले एक एक वटा शाखा खुल्ला राख्न पाउने

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

भदौ ५ काठमाडौँ । कोरोनाको संक्रमण बढे पछि निषेधाज्ञा लागु गरिएको उपत्यकाको काठमाण्डौ, ललितपुर, भक्तपुरमा प्रत्यक बैंकले एक जिल्लामा एक एक वटा शाखा खोल्न पाउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाको पालना गर्नकै लागि बैंकर्स संघले शुक्रबारदेखि एक जिल्लामा हरेक बैंकको एउटा शाखा मात्र खोल्ने निर्णय गरेको छ ।
‘बैंकहरूले आलोपालोका आधारमा कुन शाखा खोल्ने भन्ने निर्णय बैंकहरु आफैले गर्ने बैंकर्स एसोसिएसनका निर्देशक अनील शर्माले बताए ।

हरेक दिन उपत्यकाका तीन जिल्लामा गरी एउटा बैंकमा ३० भन्दा बढी कर्मचारी नबोलाउने निर्णय भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

राष्ट्र बैंकले पनि न्यूनतम कर्मचारीबाट सम्भव भएसम्म कम शाखा सञ्चालन गरी आधारभूत सेवा दिन निर्देशन दिएको छ ।
आजबाट शाखा खुल्ला हुने बैकका कर्मचारीलाई नरोक्न सुरक्षाकर्मीलाई पनि निर्देशन दिईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ