आइपिएलको मुख्य प्रायोजकमा मुम्बई कम्पनी ड्रिम- ११

आइपिएलको मुख्य प्रायोजकमा मुम्बई कम्पनी ड्रिम- ११

  • मङ्लबार, भदौ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

एजेन्सी ।
इन्डियन प्रिमियर लिग २०२० को मुख्य प्रायोजकको रुपमा अनलाइन फेन्टासी स्पोर्ट्स कम्पनी ड्रिम- ११ हुने पक्का भएको छ।

ड्रिम ११ ले यस सिजनको आइपिएलको मुख्य प्रायोजकका लागि २२२ करोड भारु (३ अर्ब ५४ करोड रुपैयाँ) मा अधिकार पाएको स्रोतले जनाएको छ। मुख्य प्रायोजनको सम्झौता मंगलबारदेखि सुरु भएर २०२० को डिसेम्बरमा अन्त्य हुनेछ।

यो सिजनको आइपिएल १९ सेप्टेम्बरदेखि युएईमा सुरू हुने तय भएको छ।

यसअघि चिनियाँ मोबाइल कम्पनी भिभोले मुख्य प्रायोजकबाट हात झिकेपछि आइपिएलले नयाँ प्रायोजकका लागि आह्वान गरेको थियो।
भिभोले प्रायोजनका लागि वार्षिक औषत ४४० करोड भारु बुझाउने गर्थ्यो। भारतमा चिनियाँ सामान बहिष्कार अभियान चलेपछि भिभोले सम्झौता सकिनु दुई वर्षअघि नै प्रायोजनबाट हात झिकेको थियो।

ड्रिम ११ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको आधिकारीक फेन्टासी पार्टनर समेत हो। आइसिसीको पार्टनर भएका कारण उसले आइसिसीका मुख्य प्रतियोगितामा बलियो उपस्थिति देखाउने गर्छ।

ड्रिम ११ ले यसअघि न्युजिल्यान्डको घरेलु टी-२० फ्रेन्चाइज लिग र टी-१० भिन्सी प्रिमियर लिगमा पनि प्रायोजन गरेको थियो।
क्यारेबियन क्षेत्रको भिन्सी प्रिमियर लिग कोरोना भाइरसपछि भएको पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो।

मुम्बईको कम्पनी ड्रिम -११ सन् २००८ देखि क्रिकेटमा प्रवेश गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ