भदौ २ काठमाण्डौं । उर्जामन्त्री बर्षमान पुनले आफू मन्त्री भए देखि नै असम्भव कुरा नगरेको दाबी गर्दै आफूले जे बोलेको हो त्यो पूरा गरेको बताएका छन् ।
‘म अर्थमन्त्रीपनिभइसकेकाकारण आर्थिक वानीतिगतकारणले असम्भवकुरा बोल्दिन, जे बोलेको छु, त्यो पुरा गरेको छु’, उनल भने , ‘सस्तो लोकप्रियताका लागि बोल्ने गर्दिन, त्यस्तो लोकप्रियता दिगो हुँदैन ।’
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पुनले उर्जा क्षेत्रमा विदेशी लगानी ल्याउन पहल गर्न निजी क्षेत्र पनि लागि पर्नु पर्ने बताए ।
मन्त्री पुनले भने ‘विदेशी लगानीकर्तासँग कामगर्दा क्षमताको आदान÷प्रदान, प्रविधिको आदान÷प्रदान र अनुभवको आदान÷प्रदान हुन्छ ।’
मन्त्रीपुनले वर्तमान सरकार र ऊर्जा मन्त्रालयको नेतृत्वले जलविद्युत क्षेत्रकालागि लगानीमैत्री वातावरण बनाएको बताए । उहाँले निजी क्षेत्रबाटउत्पादित सबै बिजुलीकिन्न सरकार तयार रहेको दोहोर्याए ।
निजी क्षेत्रका सबै आयोजनाबाट उत्पादितविद्युत नेपालविद्युतप्राधिकरणले खरिद सम्झौता (पिपिए) मार्फत खरिद गर्ने प्रतिबद्धता मन्त्रीपुनको थियो ।