फेरी आकाशियो सुनको मुल्य , एकैदिन दुइ हजार दुइ सयले वृद्धी भइ प्रतितोला एक लाख चार सय पुग्यो

फेरी आकाशियो सुनको मुल्य , एकैदिन दुइ हजार दुइ सयले वृद्धी भइ प्रतितोला एक लाख चार सय पुग्यो

  • मङ्लबार, भदौ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौँ , २ भदौ ।
नेपाली बजारमा सुनको भाउ फेरि आकाशिएको छ । एकै दिन प्रतितोला २२ सयले बढेर एक लाख चार सय कायम भएको छ ।

सोमबार बजारमा सुनको भाउ प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएकोमा आज मंगलबार २२ सयले बढेर एक लाख चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै नेपाली बजारमा मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम भएको महासंगले जनाएको छ ।

सोमबारको तुलनामा चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार एक हजार ३ सय ८० रुपैयाा पुगेको छ ।

यसअघि लगातार सुनको मूल्य बढे पनि केही दिनअघि फेरि घटेको थियो । गत साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि सुनको भाउ विस्तारै घट्न थालेको थियो । साउन २८ गते नेपाली बजारमा सुनको भाउ एकैदिन ६ हजार २ सय रुपैयाँले घटेको थियो ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा एकरुपता नभएकोले नेपाली बजारमा त्यसको असर परेका नेपाल सुन चादीँ व्यावसाय महासंगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ