एजेन्सी ।
युक्रेनको शख्तर डोनेट्स्कमाथि सानदार जित निकाल्दै इटालियन क्लब इन्टर मिलानले युरोपा लिगको फाइनलमा आफ्नो स्थान पक्का पारेको छ । गए राती भएको खेलमा इन्टार मिलानले युक्रेनको शख्तर डोनेट्स्कलाइ ५-० ले पराजीत परेको थियो । यो जित सगै इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।
जर्मनीमा भएको खेलमा इन्टरका लागि लउटारो मार्टिनेज र रोमेलु लुकाकुले २-२ गोल गरे भने डानिलो एम्ब्रोसियोले एक गोल थपे।
खेलको १९ मिनेटमा मार्टिनेजले पहिलो गोल गरे। पहिलो हाफमा १-० ले अघि रहेको इन्टरका लागि एम्ब्रोसियोले ६४ मिनेटमा अग्रता दोब्बर पारे।
त्यसतै खेलको ७४औँ मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे।
लुकाकुले पाँच मिनेटभित्र दुई गोल गरे। उनले ७८ मिनेटमा टिमका लागि चौथो गोल गरेका थिए। ८३ मिनेटमा अर्को गोल गरेपछि इन्टर ५-० ले अघि बढ्यो।
अब लिगको फाइनल खेलमा मिलान स्पेनिस क्लब सेभियासँग शुक्रबार राति खेल्ने तय भएको छ ।