विद्युत प्राधिकरण देशले गर्व गर्न लायक संस्थाका रुपमा स्थापितः मन्त्री पुन

विद्युत प्राधिकरण देशले गर्व गर्न लायक संस्थाका रुपमा स्थापितः मन्त्री पुन

  • सोमवार, भदौ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाण्डौं, १ भदौ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले नेपाल विद्युत प्राधिकरण मुलुकले गर्व गर्न लायक सार्वजनिक संस्थाका रुपमा स्थापित भएको दावी गर्नु भएको छ ।
नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री पुनले पछिल्लो समय प्राधिकरणले आफूलाई नाफामुखी मात्र नभई सेवामुखी संस्थाका रुपमा स्थापित गर्न सकेकामा खुसी व्यक्त गर्नुभयो । प्राधिकरणको चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमता सुधारका कारण इतिहासमै सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको, घरेलु ग्राहकको विद्युत महसुल घटाउन सफल भएको तथा मासिक १० युनटिभन्दा कम विद्युत खपत गर्ने करिब ८ लाख विपन्न ग्राहकलाई पूर्ण रुपमा विद्युत महसुलमा छुट दिइएको मन्त्री पुनले स्पष्ट गर्नुभयो । सरकारले आर्थिक वर्ष २०७७-०७८ को बजेट तथा नीति कार्यक्रममार्फत मासिक १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ । ‘विद्युत महसुल दरमा वृद्धि नगरीकनै चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमतामा सुधार ल्याई प्राधिकरण आफ्नो इतिहासमा सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ’, प्राधिकरण स्थापनाको ३५औं वर्ष पुरा भएको अवसरमा सोमबार शुभ–कामना सन्देश जारी गर्दै मन्त्री पुनले भन्नुभएको छ’, प्राधिकरण आफ्नो इतिहासमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । मासिक १० युनिटभन्दा कम विद्युत खपत गर्ने विपन्न वर्गका करिब ८ लाख ग्राहकलाई पूर्ण रुपमा विद्युत महसुल छुट दिएबाट प्राधिकरणले आफूलाई नाफामुखी मात्र नभई सेवा मुखी संस्थाका रुपमा स्थापित गर्न सकेकामा म गौरवान्वित छु ।’
सन्देशमा मन्त्री पुनले प्राधिकरणले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयको योजना तथा नीतिहरुलाई आफ्नो केन्द्रीय योजना तथा सञ्चालन प्रक्रियामा समावेश गरेर कार्यान्वयन गरी नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याएको उल्लेख गर्नुभएको छ । मन्त्रालय, विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणबीचको एकता र समन्वयबाट विद्युत आपूर्ति वृद्धि गर्न एवं स्वदेशमा उत्पादित विद्युत हरेक घरधुरी र व्यापार व्यवसायका लागि सुलभ दरमा उपलब्ध गराउने प्रतिबद्धता मन्त्री पुनको छ ।
केही वर्ष अगाडिसम्म मुलुकले अत्याधिक विद्युत अभावको समस्या झेल्नुपरेको स्मरण गर्दै मन्त्री पुनले विद्युत अभावका कारण घरासयी तथा औद्योगिक ग्राहकहरु १६ घण्टासम्म लोडसेडिङमा बस्न बाध्य भएको अवस्थाका कारण राष्ट्रिय अर्थतन्त्रमा हदैसम्मको नकारात्मक असर पार्नुका साथै सबैलाई एक प्रकारको पीडा दिए पनि स्वदेशी विद्युतको उत्पादन वृद्धि, माग र आपूर्तिको व्यवस्थापन, प्राविधिक तथा व्यापारिक चुहावट न्यूनीकरण र प्रसारण तथा वितरण प्रणालीमा सुधारका कारण हाल नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न सकिएको उल्लेख गर्नुभयो ।
स्वदेशमै विद्युत उत्पादन वृद्धि गर्ने उद्देश्यले प्राधिकरणले नीजिसहित विभिन्न प्रवद्र्धकहरुसँग करिब ६ हजार मेगावाटको विद्युत खरिद सम्झौतामा हस्ताक्षर गरेकोे र प्रसारण तथा वितरण संरचनाहरुको सुधारमा समेत दत्तचित्त भई कार्य गरिरहेको मन्त्री पुनको भनाइ छ ।
उहाँले ५ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको व्यापारिक उत्पादन तथा ढल्केबर सवस्टेशनको ४ सय केभीमा स्तरोन्नति कार्य ऊर्जा क्षेत्रको प्रमुख कोसेढुङ्गाका रुपमा रहने भन्दै त्यसबाट नेपालको ऊर्जा सुरक्षामा सुधार हुने र क्षेत्रीय विद्युत व्यापारमा बढावा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बढ्दो विद्युत खपत राष्ट्र तथा नागरिकको वित्तिय आर्थिक सुधारको सूचक भएको उल्लेख गर्दै मन्त्री पुनले केन्द्रीय विद्युत प्रणालीको विस्तार गरी तथा वैकल्पिक ऊर्जाको माध्यमबाट हरेक नेपालीको घरधुरीमा विद्युतको पहुँच पु¥याउने नेपाल सरकारको लक्ष्य हासिल गर्नु प्राधिकरणको मूल उद्देश्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रदेशको सीमाङ्कनअनुसार प्राधिकरण क्षेत्रीय कार्यालयहरुको स्थापना गरी नामाङ्कनसमेत गरिएको र विद्युत नियमन आयोगको ठगनमार्फत ऊर्जा क्षेत्र पुनर्संरचनाको काम सम्पन्न भएकाले त्यसले ऊर्जा क्षेत्रको समग्र कार्यक्षमता अभिवृद्धि गर्ने बताउनुभयो ।
वित्तिय अवस्थामा सुधार आएको वर्तमान अवस्थाले प्राधिकरणलाई कुशल सार्वजनिक संस्थाका रुपमा रुपान्तरित भएको भन्दै मन्त्री पुनले देश र जनताको सेवामा समर्पित प्राधिकरणका सबै कर्मचारी वर्गमा बधाइका साथै प्राधिकरणको आगामी वर्षहरु थप सफल होउन् भन्ने शुभ–कामना व्यक्त गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ