बन्द प्रशिक्षणमा बोलाइएका फुटबल टिमका एक खेलाडीलाई कोरोना संक्रमण

बन्द प्रशिक्षणमा बोलाइएका फुटबल टिमका एक खेलाडीलाई कोरोना संक्रमण

  • शनिबार, साउन ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

बन्द प्रशिक्षणमा बोलाइएका नेपाली राष्ट्रिय फुटबल टिमका एक खेलाडीलाइ कोरोना संक्रमण पुष्टि भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाटन अस्पतालमा गराएको ३४ जना फुटबलरसहित ५४ जनाको नमुना परिक्षणमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यसअघि एन्फाले मंगलबार २९ र सोमबार २५ जनाको कोरोना टेस्ट गराएको थियो। सोमबार टेस्ट गराएका सबैको नेगेटिभ नतिजा आउँदा मंगलबार एक जनाको फेरि टेस्ट गरिने एन्फाले जनाएको थियो।
कोरोना पुष्टि भएको व्यक्तिको स्वास्थ्य जाँच गरेर होम आइसोलेसनमा राख्ने वा अस्पताल राख्ने भन्ने विषयमा रोग नियन्त्रण महाशाखाले निर्णय गर्ने जनाइएको छ ।

फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ छनोट प्रतियोगिताको तयारी सुरु गर्नुअघि एन्फाले खेलाडी, प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारी गरी ५४ जनाको कोरोना भाइरसको परीक्षण गराएको थियो।

जसमा ३४ खेलाडी, ८ अफिसयल र १२ होस्टलका कर्मचारी थिए।

यद्यपी फिफाले यो वर्ष विश्वकप छनोट प्रतियोगिताका बाँकी खेल नगर्ने निर्णय गरेसँगै नेपालको तयारी सुरु नै नभइ स्थगित भइसकेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ