एजेन्सी ।
युरोपियन च्याम्पियन्स लिगमा भएको हिजो रातीको खेलमा जर्मन क्लब वायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनामाथि सान्दार तथा ऐतिहासिक जित हात पारेको छ । हिजोको खेलमा वार्यन म्युनिखले स्पेनिस महारथी बार्सिलोनालाइ ८- २ को नतिजामा पाखा लगाएको हो ।
यो जित सगैं वार्यनले लिगको सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।
वायर्नले पहिलो र दोस्रो हाफमा समान ४-४ गोल गरेको थियो । यता बार्सिलोनाले एक गोल उपहार पाएको थियो भने लुइस सुआरेजले दोश्रो हाफको ५७ मिनेटमा गोल गरेका थिए । बार्सिलोना यतिमै रह्यो भने वार्यनले गोलको वर्ष गराएको थियो ।
वार्यनका अलाबाले खेलको सातौँ मिनेटमा आत्माघाती गोल गरेका थिए , जसले बार्सिलोनाको खेल नतिजा बराबर भएको थियो ।
वायर्नका लागि खेलको चौथो मिनेटमा थोमस मुलरले पहिलो गोल गरे। त्यसपछि २१ मिनेटमा पेरिसिकले वायर्नका लागि दोस्रो गोल गरे। लगतै २७ मिनेटमा जिनर्बिले तेस्रो गोल गर्दा मुलरले ३१ मिनेटमा चौथो गोल गरेका थिए।
वार्यका किमिचले ६३ मिनेटमा पाँचौ गोल गरे।
वायर्न यतिमै रोकिएन। लेवान्डोस्कीले ८२ मिनेटमा छैटौ गोल गरे।
अन्तिम पाँच मिनेट बाँकी छँदा बार्सिलोनाबाट वायर्नमा लोनमा रहेका फिलिप काउटिन्होले दुई गोल गरे। काउटिन्होले ८५ र ८९ मिनेटमा गरी दुई गोल गरेपछि वायर्नले बार्सिलोनाको पोस्टमा ८ गोल छिरायो।
अब वायर्नले सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब लियोनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
हिजो रातिको खेल बार्सिलोनाको लागी युरोपियन प्रतियोगिताको खेल मध्य सबैभन्दा खराब खेल रहेको हो ।