बारा साउन ३० । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा रहेको जगदम्बा स्टिल प्रालिको उद्योगमा शिल गरेको छ ।
उद्योगमा कार्यरत ११ जना कोरोना संक्रमित कामदार मध्ये ६ जना संक्रमितलाई सम्पर्क बिहिन बनाएको प्रशासनले बताएको छ ।
साउन २५ गते आईतबार जगदम्बार स्टिल प्रालिले उद्योगमा कार्यरत श्रमिक, कामदार कर्मचारीको स्वाब संकलन गरि परीक्षण गरिएको थियो । ती मध्य ११ जनामा कोरोना देखिएको थियो ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले उद्योगमा कार्यारत ११ जना संक्रमित मध्ये पाँच जना सम्पर्कमा आएको र बाँकी छ जना सम्पर्क बिहिन रहेकाको खोजी भईरहेको बताए ।
उद्योग ३२ गते सम्मका लागि शिल गरिएको हो ।
जगदम्बा स्टिलका संचालक पवनबाबु गुप्ताले उद्योगले कुनै पनि कोरोना संक्रमितलाई सम्पर्क बिहिन नबनाएको दाबी गरेका छन् ।
भागेका संक्रमित मध्य ५ जना भारत आफ्नो घर तिर गएकाले सम्पर्कमा आउन नसकेको बताईएको छ ।
यस्तै एक जना सप्तरीको राजविराजको भएको र उनी पनि घर गएको गुप्ताले बताए ।