पिडीत परिवारलाइ राहत दिन सुदूरपश्चिम प्रदेशसभाका सदस्यद्वारा सरकारको ध्यानाकर्षण

पिडीत परिवारलाइ राहत दिन सुदूरपश्चिम प्रदेशसभाका सदस्यद्वारा सरकारको ध्यानाकर्षण

  • बिहिबार, साउन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

सुदूरपश्चिम, २९ साउन ।

प्राकृतिक प्रकोप बाट पिडीत परिवारलाइ उचित राहात वितरण गराउन सुदूरपश्चिम प्रदेशसभाका सदस्यले आज सदनमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा सदस्यले कोभिड–१९ सङ्क्रमण र बाढीपहिरो, डुबानको समस्याले जोखिममा परेका परिवारलाई समयमै उचित वासस्थानको व्यवस्था गर्न माग गरेको हो ।

त्यो सगैँ युरिया मलको चरम अभाव , टीकापुरका पत्रकार गणेश चौधरीमाथि भएको आक्रमणको घटनाको छानबिन लगायत विषयमा ध्यानाकर्षण गराएको हो ।
अव्यस्थित क्वारेन्टिन बनाएकै कारण कञ्चनपुर कृष्णपुर नगरपालिकाकी राधिका ओडको क्वारेन्टिनमै करेन्ट लागेर ज्यान गएको भन्दै मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन माग गर्नुभयो ।
आजको बैठकमा प्रदेशसभा, सामाजिक विकास समितिका सभापति कुन्ती जोशीले ‘प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ ’माथि समितिमा दफावार छलफल भई तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ