एजेन्सी ।
फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले गए राती भएको खेलमा इटालियन क्लब एटलान्टलाइ २- १ ले पराजीत गर्दै युरोपियन च्याम्पियन्स लिगको अन्तिम ४ मा आफुलाइ मजबुत गरेको छ । यो जित सगै पिएसजी २५ वर्ष पछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।
हिजोको खेलमा एटलान्टाका पलासिकले २६ मिनेटमा गोल गर्दै टोलीलाइ अग्रतातर्फ डोर्याएका थिए ।
तर खेल सकिन एक मिनेट बाँकी हुदाँ पिएसजीका मार्क्विन्होसले नेइमारको पासमा बराबरी गोल फर्काउन सफल भए।
त्यस्तै इन्जुरी टाइमको सदुपयोग गदै पिएसजीका म्याक्सिम चोउपो मोटिङले केलियन एमबाप्पेको पासमा टोलीलाइ दोश्रो गोल दिलाए ।
अब पिएसजीले लिगअन्तर्गत बिहीबार राति हुने जर्मन क्लब आरबी लेइपजिग र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबीचको विजेतासगँ खेल्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline