नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच निक्षेपकर्ता बीमा सम्झौता

नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच निक्षेपकर्ता बीमा सम्झौता

  • बिहिबार, साउन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

साउन २९ काठमाण्डौं । नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकका निक्षेपकर्ताको बीमासम्बन्धी सम्झौता भएको छ ।
दुवै पक्षबीच भएको सम्झौताबमोजिम बैंकमा बालबालिका बचत खाता सञ्चालन गरेका बालबालिकाको रु २० हजारसम्मको दुर्घटना तथा रु पाँच हजारसम्मको औषधोपचार बीमा गरिएको छ ।
बालबालिकाको भविष्यका लागि रकम जम्मा हुनाका साथै बचत गर्ने बानीको विकाससमेत हुने भएकाले उक्त योजना छोटो समयमै अत्यन्त लोकप्रिय भएको हुंँदा उक्त योजनाअन्तर्गत यही वर्षभित्रै रु दश हजार खाता खुल्ने प्रक्षेपण गरिएको नेपाल बैंक लिमिटेड, प्रदेश नं। ५ का प्रमुख पासाङदोर्जी शेर्पाले जानकारी दिनुभयो ।
सझौतमा बैंकका तर्फबाट बैंक प्रदेश नं ५ का प्रमुख शेर्पा तथा शिखर इन्स्योरेन्सका तर्फबाट बुटवलका शाखा प्रमुख किरण काफ्लेले हस्ताक्षर गर्नुभयो । बैंकले ग्राहकको मागअनुसार हालै बजारमा ल्याएको बालबालिका बचत खातामा उच्च ब्याजदर, निःशुल्क एबिबिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सुविधा तथा बालबालिकालाई शैक्षिक उपाधि हासिल गर्ने क्रममा प्राथमिकतालगायत सुविधा छन् । खातामार्फत बालबालिकाको सुनौलो भविष्यका लागि बचत गरिने भएकाले उक्त खातामा जुनसुकै समयमा रकम जम्मा हुन सक्ने तर बालबालिका बालिग नहुंँदासम्म भने रकम निकाल्न नपाइने व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ