एजेन्सी ।
फिफा विश्वकप–२०२२ र एएफसी एसियन कप–२०२३ छनोटका लागी हुने प्रतियोगिताको बाँकी खेलहरु हाल नहुने भएको छ । प्रतियोगिताको बाँकी खेलहरु अक्टोबर र नोभेम्बरमा हुने भनीएको भए पनी तोकीएको समयमा खेलहरु नहुनेभएको हो ।
विश्व फुटबलको सर्वोच्च संस्था फिफा र एसियाली फुटबल महासंघ ९एएफसी० ले अक्टोबर–नोभेम्बरको विन्डोमा हुने भनिएका छनोट खेलहरु कोरोना भाइरसका कारण स्थगित गर्ने संयुक्त निर्णय गरेका हुन्।
फिफाको भनाइ अनुसार विश्वकप तथा एसिया कप छनोट प्रतियोगिताको बाकीँ खेलको नयाँ मिति छलफल गरेर पछि सार्वजनिक गर्नेछ ।
दोस्रो चरणको छनोट खेल अन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी रहेको छ। बाकीँ रहेको खेलहरु नेपालले घरेलु मैदानमा खेल्ने तय भएको थियो ।
दोस्रो चरणको छनोट खेलमा नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ। समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा पराजित भएको थियो।
नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।
यता कोरोना संक्रमण बढेपछी ओलम्पीक कमीतिको कार्यालय शुक्र्रबारसम्मका लागथी बन्द भएको छ ।