सरकारी अधिकृत सहित दर्जनौ कोरोना संक्रमित सम्पर्कमै आएनन्, नेपालगञ्जवासी थप त्रासमा

सरकारी अधिकृत सहित दर्जनौ कोरोना संक्रमित सम्पर्कमै आएनन्, नेपालगञ्जवासी थप त्रासमा

  • सोमवार, साउन २६, २०७७
  • मोबिनुद्दिन सिद्दिकी

  • 14.9K
    SHARES

बाँके,२६ साउन ।  कोरोना हटस्पट बनेको बाँकेको नेपालगञ्जमा गत साउन २३ गते कोरोना पोजेटिभ नतिजा आएका एक जना अधिकृत सहित दर्जनौ व्यक्तिहरु लुकेर समुदायमै बसे पछि त्रास झन झन बढदै गएको छ ।

समुदायमा कोरोना संक्रमणको दर अति उच्च रहेको बाँकेमा संक्रमितहरु सम्पर्कमै नआइदिदा समुदायमा झनै संक्रमण बढ्ने खतरा देखिएको छ ।

जिल्ला प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले भेरी अस्पतालबाट स्वाब संकलन गरी साउन २३ गते कोरोना संक्रमण पुष्टि भएका नेपालगन्ज २ का ३४ बर्षिय पुरुष र नेपालगन्ज ६ का २७ बर्षिया महिला, २४ गते संक्रमित पुष्टि भएका नेपालगन्ज १२ का २८ बर्षिया महिला र नेपालगन्ज १८ का ३५ बर्षिय पुरुष सम्पर्कमा आएका छैनन । उनिहरुलाई पटक पटक सम्पर्क गर्दा कहिले के भन्ने, कहिले मोबाइल अफ गर्ने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी, साउन २४ गते संक्रमित भएका नेपालगन्ज १९ का ११ बर्षिया बालिका, १९ कै २४ बर्षिय पुरुष, नेपालगन्ज १६ का १२ बर्षिया बालिकाको खोजी गरीरहेको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो । सम्पर्कमा नआएकाहरु महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकाहरु हुन तर स्वाब दिएपछि घर घर गएका थिए ।

साउन २२ गते वडा प्रहरी कार्यालयबाट स्वाब संकलन गरी २५ गते संक्रमण पुष्टि भएका ४७ बर्षिया महिला, २४ बर्षिया महिला, ४ र २ बर्षका दुई बालक, र ४२ बर्षिय पुरुष पनि सम्पर्कमा आएका छैनन । त्यस्तै, नेपालगन्ज ११ का २९ बर्षिया महिला पनि सम्पर्कमा नआएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

यी मध्ये, कतिपयको मोबाइल अफ भएको, कतिपयले नलाग्ने र नमिल्ने सम्पर्क नम्बर दिएको र दिएको नम्बरमा सम्पर्क गर्दा बालकका अभिभावकहरुले हाम्रो बच्चा होइन भन्ने गरेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यसरी सम्पर्कमा नआई लुकिछिपी बस्ने संक्रमितहरुले घर परिवार हुँदै समुदायमा कोरोना संक्रमण बढाउने उच्च जोखिम रहेको भन्दा खोजी कार्य तिब्र पार्न नेपालगञ्ज बासीले अपिल गरेका छन् । नेपालगञ्ज सिल रहेको अवस्थामा पनि संक्रमितहरु सम्पर्कमा नआउनु चिन्ताको बिषय भएको स्वास्थ्य कार्यालयले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ