साउन २५ काठमाण्डौं । बुद्ध महान भारतीय भन्ने भारतीय विदेश मन्त्री जयशंकरको भनाईप्रति नेपाली काँग्रेसका प्रवक्ताले गंभीर आपत्ति जनाएका छन् ।
प्रवक्ता शर्माले आज ट्वीट गर्दै भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ । भनेका छन् ।

आवेगको जवाफमा आवेगझ पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन । शर्माले भनेका छन् ।
बुद्ध नेपालमा जन्मेका हुन् भनेर संसारमा कहींबाट दर्ता प्रमाण हामीले मागेका छैनौं । भारतीय भूमिबाट विगतमा आएका टिप्पणी पनि नेपाल बुद्ध भूमि हो भनेर स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भइसकेको छ । फेरि पनि आपत्तिजनक टिप्पणी अत्यन्तै दुखद छ । शर्माको टिप्प्णी छ ।
हिजो उद्योगी व्यवशायीहरुसगँको भर्चुअल बैठकमा जयशंकरले बुद्ध महान भारतीय भएको दाबी गरेका थिए ।
यस अघि पटक पटक भारतीय अधिकारीहरुले बुद्ध नेपालमा जन्मिएको स्वीकार गरे पनि बेला बेला पुनः भारतमा जन्मिएको, भारतीय भएको दाबी गर्दै आउदा नेपालीहरु शसंकित हुने गरेका छन् ।