२० दिन रिजल्ट आयो । करीब तीन साता पहिले सानो ठिमी बहुमुखी क्याम्पसमा शिक्षा संकायको स्नातक तहको तेस्रो सेमेष्टारको नतिजा प्रकाशित भयो । २० जना बिद्यार्थीले परीक्षा दिएकामा सबै बिद्यार्थी सिम्बल नम्बर लिएर रिजल्ट हेर्न लागे कसैले पनि उत्तीर्ण गरेको पाएनन् अनि निराश भए बिद्यार्थी ।
के भए छ त आखिर सबै विद्यार्थी कसरी फेल भनेर बुझ्दा बल्ल उनीहरुले चााल पाए एउटा बिषयमा उनीहरु सबैको एबसेन्ट देखियो ।
त्यस पछि विद्यार्थी संगठनहरु, स्ववियु तातियो । वास्तविकता चाँही के रहेछ भने सो क्याम्पसका विभागीय प्रमुख खगेन्द्र बराईली स्वयंलाई त्यो बिषय पढाई हुने कुरा थाहा रहेनछ । त्यस पछि आक्रोसमा स्ववियुले क्याम्पस प्रमुख र लेखा शाखामा ताला लगाएको छ भने नेविसंघले विभागीय प्रमुख बराईलीको कार्यकक्षमा ताला लगाएको छ ।
तेस्रो सेमेष्टारका बिद्यार्थीले २५ सय रुपैया तिरेर परीक्षा फारम भरेका थिए । अब यो लापरबाहीले उनीहरुको एकातिर रकम फेरी खर्च गर्नु पर्ने देखिन्छ भने समय पनि कम्तीमा ६ महिना पर धकेलिने छ ।
दक्षिण कोरीयासगँको सहकार्यमा सो क्याम्पसमा ब्याचलर लेवलमा एसएनई ( स्पेसियल नेसेसरी एजुकेसन) भन्ने बिषय पढाई हुने गरेको रहेछ तर बराईलीले समेत सो कुराको पत्तौ पाएनन् । शिक्षक पनि त्यस विषय पढाउन आएनन् विद्यार्थीलाई थाहै भएन । तर मार्क लेजर कलेजमा आए पछि मात्रै सबैले चाल पाए ।
तेस्रो सेमेस्टरमा अध्ययन गर्नुपर्ने बिषय र त्यसको पाठ्यक्रमको बारेमा थाहा नपाउदा विद्यार्थीहरुको एउटा बिषयको परिक्षा नै छुटेको छ । बराईलीलाई यस विषयमा सम्पर्क गर्न पटक पटक खोज्दा उनको मोबाईल रिसिभ भएन । निमित्त क्याम्पस प्रमुख गेम गुरुगंलाई सम्पर्क गर्दा फोन काटियो र पछि उनले पनि उठाएनन् भने क्याम्पस सहायक प्रमुख प्रदीप बोहराको मोबाईल स्वीच अफ रहेको छ । एसएनई देशभर सानो ठिमीमा मात्रै पढाई हुन्छ भने मास्टर्स लेभलमा टियुमा पढाई हुन्छ ।
सबैले दबाब दिए पनि राजीनामा दिन मानिरहेका छैनन् प्रमुख बराईली ?
स्ववियु, अन्य विद्यार्थी संगठनबाट चौतर्फी रुपमा विभागीय प्रमुख बराईलीमाथि कार्बाहीको माग उठिरहेको छ । उनलाई विभागको बैठकमा अन्य सहकर्मिहरुले समेत गल्ती स्वीकार गर्नु पर्यो भन्दा समेत उनी नबोली टार्ने गरेका छन् ।
स्ववियु सभापति रमेश खड्काले पनि बराईलीले फोन नउठाउने र म्यासेजको रिप्लाई समेन नगर्ने गरेको बताए ।
यसको स्पष्ट नियत भनेको राजीनामा नदिने र गल्ती पनि स्वीकार नगर्ने मनशायमा बराईली देखिएको उनीहरुको आरोप छ ।
अब बिद्यार्थीको भविष्य अन्यौलमा पार्ने बराईलीले या त क्याम्पस प्रशासनले आगामी दिनमा सो बिषयको परीक्षा गराउदा लाग्ने शुल्क तिर्नु पर्ने सापकोटाको माग छ ।
राजनीतिक हिसाबले उनी पुर्व एमाले समर्थित प्रगतिशील प्राध्यापक संगठनमा आवद्ध रएको र निमित्त क्याम्पस प्रमु पनि त्यही संगठनमा आवद्ध रहेको हुँदा उनलाई संरक्षण गर्न खोजिएको आरोप विद्यार्थी संगठनका नेताहरुको छ ।
यस्तो लापरबाही र राजनीतिकरणले सरकारी शिक्षण संस्थामा अध्ययन गर्ने बिद्यार्थीको भविष्य अन्यौलमा पर्दै आएको छ । अब बराईलीले माफी समेत नमागेको अवस्थामा क्याम्पस प्रशासनले कस्तो निर्णय गर्ला प्रतिक्षाको बिषय छ ।
बराईलीको लापरबाहीले फेल भएका बिद्यार्थीको मार्कसिट हेर्नुस् ।
