एजेन्सी ।
विश्र्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो शेक्रबार घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा लियोनसंग स्तब्द भएको छ । गएराती भएको खेलमा युभेन्ट्सका विश्र्व चर्चित खेलाडी रोनाल्डोले दुई गोल गरे पनि युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको छ।
यसअघि भएको पहिलो लेगमा युभेन्ट्स लियोनसंग १-० ले पराजीत भएको थियो । यो संगै समग्रमा खेल २-२ गोलको बराबरीमा टुंगिएको छ ।
शुक्रबार राति भएको खेलमा लियोनका डिपेले १२ मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेलमा आफ्नो टिमलाइ अग्रता दिलाएका थिए । यसको प्रत्युत्रमा ४३ मिनेटमा युभेन्ट्सका रोनाल्डोले पेनाल्टीबाटनै पहिलो गोल गरे। त्यसपछि खेलको दोश्रो हाफमा रोनाल्डोलेनै ६०औँ मिनेटमा दोस्रो गोल गरेका थिए।
खेल युभेन्ट्सको पोल्टामा परेपनि अवे गोलका कारण युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको हो।
अब अन्तिम ८मा लियोन रियल म्याड्रिडलाई हराएको म्यानचेस्टर सिटीसँग आम्नेसाम्ने हुनेछन् ।