सुरक्षाकर्मीसँगको मिलेमतोमा पर्साको अलौ नाकाबाट खुलेआम तस्करी ?

सुरक्षाकर्मीसँगको मिलेमतोमा पर्साको अलौ नाकाबाट खुलेआम तस्करी ?

  • शनिबार, साउन २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

पर्सा २४ साउन । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीको समयमा पनि पर्सा जिल्लाको अलौ नाका हुँदै तस्करी बढे पनि सम्बन्धित निकायहरुको ध्यान नपुर्याएकोमा स्थानीयले मिलेमतोको आशंका गरेका छन् ।
पर्सा जिल्ला लगायत देशकै विभिन्न जिल्लाहरुमा कोरोना भाइरस संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको अवस्थामा गृह मन्त्रालयले सीमा नाकामा निगरानी बढाउन निर्देशन दिएपनी सीमा नाका हुँदै सुरक्षाकर्मीकै सहयोगमा तस्करी कार्य फस्टाएको हो ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका तत्कालीन प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले तस्करहरूसँग मासिक नजराना बुझेर गएकै कारण हालसम्म तस्करी कार्य बन्द नभएको एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । तस्करहरुले ५ हजारदेखी मासिक ५० हजारसम्म नजराना बुझाएको उनले बताए । मासिक नजराना बुझेकै कारण अलौ नाकाबाट अझै पनि तस्करी नरोकिएको उनको दाबी छ ।

यता अर्का तस्करले सीमामा खटिएका सशस्त्र प्रहरीलाई मात्र मासिक नजराना बुझाएर तस्करी कार्य नचल्ने भएकोले स्थानीय प्रहरी चौकी लगायत केही जिल्लाका क्राइम शाखाका प्रहरीलाई समेत रकम दिने गरेको कारण तस्करी नरोकिएको उनले बताए । उनको दाबी अनुसार श्रावण महिना भरिको लागि मात्र अलौमा तस्करी हुने र त्यस पछि रोकिने दाबी गरेका छन् ।

आफ्नो पावरको दुरूपयोग गर्दै सशस्त्र प्रहरी उपरीक्षक कुवरले खोलेको तस्करीको लाइन हालसम्म सुचारू हुनु दुर्भाग्यको बिषय बनेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा क्राइम शाखाका प्रमुख प्रहरी निरीक्षक रबि भुसन यादवले निगरानी बढाउन निर्देशन दिएपनि उनकै मातहातमा रहेका केही प्रहरीहरू तस्करी बापत रकम बुझ्दै आएको प्रहरी श्रोतको दाबी छ । भ्रष्टाचारमा लिप्त रहेका केही प्रहरीलाई कारवाही नगरिए तस्करीको लाइन बन्द गर्न असम्भव रहेको स्थानीयको बुझाई छ ।
यता अलौका स्थानीयहरूले रातिको १० बजेपछी तस्करीको लाइन सुचारू हुने गरेको र बिहान ३ बजेसम्म तस्करीको लाइन चल्ने गरेको बताए । सीमाम खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी आफ्नो जिम्मेवारीलाई बिर्सेर मात्र सीमाबाट हुने अबैध क्रियाकलापलाई कमाइ खाने माध्यम बनाएको दुःखेसो पोखेका छन ।

यसरी महामारीको रुपमा बढदै गएको कोभिड–१९ लाई रोक्नको लागि पनि सिमानाकामा कडाई गर्न आवश्यक रहेका बेला समेत कमिसनको प्रलोभनमा तस्करी मौलाउनुले एकातिर आर्थिक घाटा देशलाई हुने छ भने अर्कोतिर कोरोनाको जोखिम पनि बढीनै रहने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ