काठमाडौँ , २२ साउन ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा वर्षको उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान गरेको छ।
ललितपुरस्थित महालक्ष्मीस्थानमा आइटिएफले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा वर्षको उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान गरेको छ ।
वर्षको उत्कृष्ट खेलाडीमा पुरुषतर्फ युनिस गौतम र महिलातर्फ रिना धिमाल सममानीत भएका छन् ।
त्यस्तै सर्वोत्कृष्ट प्रशिक्षकमा रुपसिंह मोक्तान, प्रशिक्षकतर्फ राज मन्दिर श्रेष्ठ र उदियमान प्रशिक्षकमा बिक्रम बाठा मगर सम्मानीत भएका छन् ।यस्तै उत्कृष्ट प्रदेशमा प्रदेश नं.२ र उत्कृष्ट जिल्लामा मोरङ्ग जिल्ला रहेको छ ।
आईटिएफले आफ्नो बार्षिकोत्सवका अवसरमा विभीन्न सामाजिक कार्यमा हात अघि बढाउने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline