राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ल नियुक्त

राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ल नियुक्त

  • बुधबार, साउन २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

साउन २१ काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा आर्मीका विकास मल्ललाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक समितिले मल्ललाई गोलकिपर प्रशिक्षकमा छनोट गरेको हो ।

तेह्र वर्षसम्म राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रहेका मल्ल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका पूर्वकप्तान एवं गोलकिपरसमेत हुनुहुन्थ्यो । मल्लले सन् २००५ देखि सन् २०१३ सम्म राष्ट्रिय टोलीबाट फुटबल खेल्नुभएको थियो ।

मल्ल एन्फा एकेडेमीको उत्पादन हुनुहुन्छ । उहाँले राष्ट्रिय टोलीमा जापानी गोलकिपर प्रशिक्षक हिरो मिट्सुमारूको स्थान लिने एन्फाले जनाएको छ । फिफा विश्वकप, २०२२ र एएफसी एशियन कप, २०२३ लाई ध्यानमा राख्दै मल्ललाई गोलकिपर प्रशिक्षकका रुपमा छनोट गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ