ब्रेन ट्युमर पिडीत एथलेटिक्सका प्रशिक्षक राईको निधन

ब्रेन ट्युमर पिडीत एथलेटिक्सका प्रशिक्षक राईको निधन

  • मङ्लबार, साउन २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

सल्यान , २० साउन । एथलेटिक्सका सहायक प्रशिक्षक सल्यान जिल्ला खेलकूद विकास समिति रवीनकुमार राईको सोमबार राती निधन भएको छ।
राइ ब्रेन ट्युमर रोगबाट ग्रसीत थिए । ५२ वर्षीय राईको सोमबार राति भक्तपुरस्थित काठमाडौँ क्यान्सर सेन्टरमा निधन भएको हो ।

आजै पशुपतिस्थित आर्यघाटमा प्रशिक्षक राइको दाहसंस्कार गरिएको नेपाल एथलेटिक्स सङ्घका सचिव आरके विष्टले बताउनुभयो ।

प्रशिक्षक राइ गत वर्ष चैतमा उपचारका लागि सल्यानबाट काठमाडौँ आउनुभएको थियो। उनको गत वैशाख अन्तिम साता काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको सचिव विष्टले बताए।

“सङ्घकै पहलमा राईको उपचारका लागि हामीले रु १० लाखभन्दा बढी सहयोग जुटाएका थियौँ”,सचिव विष्टले बताए ।

प्रशिक्षक राईलाई गत जेठको पहिलो सातादेखि काठमाडौंँ क्यान्सर सेन्टरमा भर्ना गरिएको थियो।

२०५२ सालमा एथलेटिक्सको सहायक प्रशिक्षकका रुपमा सल्यानमा नियुक्त भएका राइले राष्ट्रियस्तरका खेलाडी उत्पादन गरेको सङ्घका सचिव विष्टले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ